
उज्बेकिस्तानको समरकन्दमा भइरहेको शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोदोको महत्त्व बताएका छन् ।
विश्वमा अहिले नागरिकहरूको खाद्य सुरक्षा सुनिश्चित गर्नु चुनौतीपूर्ण रहेको मोदी बताए ।
यस समस्याको समाधानका लागि कोदो महत्त्वपूर्ण अन्नबाली भएको उनको भनाइ छ । एससीओ सदस्य मुलुकहरूमा हजारौं वर्षदेखि सुपरफूड कोदो फलाउँदै आइएको उनले स्मरण गराए ।
खाद्य संकट समाधानका लागि कोदो पारम्परिक, पोषक र कम लगानीवाला अन्न भएको मोदीले बताए । सन् २०२३ लाई संयुक्त राष्ट्रसंघले कोदो वर्षका रूपमा मनाउने तथ्य पनि उनले प्रस्तुत गरे ।
एससीओले कोदो खाद्य उत्सव आयोजना गर्नका लागि विचार गर्नुपर्ने मोदीको भनाइ छ ।
PM calls millet as "super food", emphasizing on its use at SCO Samarkand Summit pic.twitter.com/anaFzptnDI
— Sidhant Sibal (@sidhant) September 16, 2022