३० जेठ २०८३, शनिबार

उपायको ढुवानी सेवाहरू अब इसेवामार्फत बुक गर्न सकिने

उपायको ढुवानी सेवाहरू अब इसेवामार्फत बुक गर्न सकिने

नेपालको डिजीटल विकासमा  उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने  सम्झौता गरेका छन् ।

जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरूलाई उप्लब्ध हुने छ ।

प्रारम्भिक   चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । 

एप प्रयोगताहरूले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ । 

अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ ।

उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने,‘यो  साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।'

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने,‘इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरू थप गर्दै जानेछौँ ।'
 

salt training

कमेन्ट गर्नुहोस्