२६ जेठ २०८३, मंगलबार

सत्तारुढ गठबन्धनलाई भोट हाल्नै नहुने एमाले सांसदको जिकिर

सत्तारुढ गठबन्धनलाई भोट हाल्नै नहुने एमाले सांसदको जिकिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकिर गरेका छन् । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उनको भनाइ थियो ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एमालेले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दाबी समेत गरे । सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरू व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाए ।

सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरी अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्