
इलामको सूर्योदय नगरपालिकामा रु ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो ।
बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोडअन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले जानकारी दिए ।