
रुपन्देही प्रहरीले बुटवलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बागलुङ दगातुन्डाडा घर भई बुटवल-८ मा बस्ने ३३ वर्षीय शन्तोस सलामीलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बुटवल उपमहानगरपालिका-९ इँटाभट्टामा रहेको होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको बताए । सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिँड भएको पेस्तोल बरामद गरिएको अर्यालले बताए।
यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ। सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको जनाइएको छ।