२५ असार २०८३, बिहीबार

जाजरकोट जिससमा कांग्रेस–माओवादी गठवन्धन विजयी, एमाले निल !

कात्तिक २०, २०७४
जाजरकोट जिससमा कांग्रेस–माओवादी गठवन्धन विजयी, एमाले निल !

जाजरकोट, १८ साउन– जिल्ला समन्वय समिति (जिसस) जाजरकोटमा काँग्रेस माओवादी गठबन्धन विजयी भएको छ ।

जिसस संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरे ।

सदस्यहरुमा काँग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए ।

जाजरकोटमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा काँग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए ।

जिल्लाका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्