२९ असार २०८३, सोमबार

मालपोतमा खतरनाक खेल, यसरी हुन्छ अनियमितता

कात्तिक २०, २०७४
मालपोतमा खतरनाक खेल, यसरी हुन्छ अनियमितता

काठमाडौँ, १९ साउन- घरजग्गा रजिस्ट्रेसन गर्दा लिनुपर्ने पुँजीगत लाभकरमा अनियमित किसिमले करोडौँ छुट दिएको आशंकामा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सातवटा जिल्लामा छानबिन थालेको छ । घरजग्गाको बढी कारोबार भइरहेका मोरङ, झापा, सुनसरी, चितवन, रुपन्देही, बाँके र कास्कीका मालपोत कार्यालयमा छानबिन थालिएको मन्त्रालयले जनाएको छ । ती जिल्लाका मालपोतले घरजग्गा बिक्री गर्ने क्रममा पुँजीगत लाभकर उठाउँदा करोडौँ रुपैयाँ हिनामिना गरी राजस्व ठगी गरेको आशंका मन्त्रालयको छ, आजको नयाँ पत्रिकामा खबर छ ।vumi-625x405

नियमअनुसार पुँजीगत लाभकर लिनुपर्ने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै मालपोतका कर्मचारीले विक्रेतासँगको साँठगाँठमा पाँच प्रतिशत रकम लिनुपर्नेमा पनि २.५ प्रतिशत मात्रै लिने गरेका छन् । ५ प्रतिशत रकम लिन छाडेर २.५ प्रतिशत मात्रै लिएको सूचना प्राप्त भएकाले छानबिन थालिएको मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए ।

विक्रेताले क्रेतासँग मिलेर कम मूल्यमा बिक्री गरेको देखाउने गरेका छन् । घरजग्गाको मूल्यांकन गराउँदा पनि नापी र मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी कम गराउने र थोरै राजस्व तिर्ने गरेका छन् । मालपोत कार्यालयमा त्यसअघि घरजग्गा किनबेच गर्दाको मूल्य रहेको कागजातसमेत लुकाउने गरिएको छ । त्यसपछि हचुवाका आधारमा पुँजीगत लाभकर कम तिराउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्