
मकवानपुरको भीमफेदी ११ घुम्तीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो ।
‘घटनास्थलमा ६ जनाको शव फेला पारेका छौं घाइतेलाई अस्पताल लगिएको छ’, उनले लोकान्तरसँग भने । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको उनले लोकान्तरलाई बताए ।
मृतकहरूको हालसम्म पहिचान खुलेको छैन । घटनामा २०/२२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको भीमफेदी स्वास्थ चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले बताएको छ । बसमा कति सवार थिए भने यकिन छैन । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको कार्य भइरहेको पनि प्रहरी जनाएको छ ।
बस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।
