०७ साउन २०८३, बिहीबार

विधायन समितिले प्रदेशले निर्माण गरेको कानून अध्ययन गर्ने

विधायन समितिले प्रदेशले निर्माण गरेको कानून अध्ययन गर्ने

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले केही स्थानीय तहका साथै प्रदेश सभाले निर्माण गरेका कानून अध्ययन गर्ने भएको छ । समितिका सभापति डा.बेदुराम भुसालको अध्यक्षतामा बिहीवार बसेको बैठकमा वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गरिएको थियो । बैठकले मंसिर ४ गतेको निर्वाचनपछि स्थानीय तह र प्रदेशसभाले बनाएका कानूनको कार्यान्वयन प्रभावकारी भए÷नभएबारे अध्ययन गर्नेे निर्णय गरेको हो ।

समितिले प्राप्त भएका विधेयकलाई बृहत् अध्ययन गरी राम्रो कानून बनाउन, त्यसको कार्यान्वयनको मापन गर्न, बनाइएको कानुनले   समाजमा पारेको प्रभावबारे अध्ययन–अनुसन्धान गर्दै आएको छ ।

विधायन व्यवस्थापन समितिको सचिवालयले विज्ञहरूको रोष्टर तयार गर्ने, विज्ञ सेवा लिनेसम्बन्धी कार्यविधि तयार गर्ने, प्रतिनिधिसभा तथा राष्ट्रियसभाको समितिका क्षेत्राधिकारको विषयमा विज्ञको परामर्श लिनुपर्ने भए त्यसको समन्वय गर्ने जनाएको छ । 

सभापति डा.भुसालका अनुसार समितिको कार्यक्षेत्र र कार्यसम्पादनको प्रभावकारिताका लागि सीमाभित्र रही अन्तक्र्रिया गर्ने, समितिका विधेयकसम्बन्धी माइन्यूट तथा निर्णय, प्रतिवेदनलगायत अभिलेखलाई डिजिटलाइज गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्