कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असोज ६, २०७९
२०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा कपिलवस्तु–१ बाट निर्वाचित भएका थिए नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ ।
नेकपा एमालेले समर्थन गरेपछि खनालले कठीन जीत निकालेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय थोरै मतले पराजित भएका थिए ।
यसपटकको चुनावमा अघिल्लो पटकका प्रतिस्पर्धी उपाध्याय र खनालमध्ये कसलाई टिकट दिने भन्नेमा सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ । यसअघि माओवादीले नै चुनाव जितेको ठाउँबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चुनाव लड्दैछन् ।
विगतमा माओवादीले जिते पनि अहिले गठबन्धनले सहमति गर्न नसकेको क्षेत्र कपिलवस्तु–१ पनि हो । विगतमा ९४७ मतले पराजित उपाध्याय र जितेका खनालको यहीँ क्षेत्रबाट प्रतिनिधि सभाको लागि दुवै पार्टीले सिफारिस गरेका छन् ।
कांग्रेसको तर्फबाट पहिलो नम्बरमा उपाध्यायको नाम सिफारिस भएको छ । त्यसपछि क्रमशः मेवालाल यादव, दुर्गाबहादुर केसी, अतहर कमाल मुसलमान रहेका छन् तर कांग्रेसले टिकट पाउने अवस्था आएमा दीपकुमार नै उम्मेदवार बन्नेमा विवाद छैन ।
यसअघि जीत निकालेका कारण यो क्षेत्रमा माओवादीको दाबी रहे पनि माओवादी नेताहरू आगामी निर्वाचनमा जीत हासिल पार्नेमा ढुक्क छैनन् । कृषिमन्त्री समेत बनेका खनालले जिल्लाको विकास र किसानका पक्षमा काम गर्न नसकेको क्षेत्रवासीको गुनासो र आलोचना सहनु परिरहेको छ ।
अबको निर्वाचनमा यो क्षेत्रबाट उपाध्याय र खनालमध्ये कसले गठबन्धनबाट टिकट पाउला क्षेत्रवासीको आम चासो छ । स्थानीय तह निर्वाचनमा प्राप्त मतका कारण कांग्रेस कार्यकर्ताहरू यो क्षेत्र छाड्न नहुने अडानमा छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै मत पाउँदा माओवादी चौथो नम्बरमा खुम्चिएको छ । कांग्रेसको २८ हजार २७१ मत पाउँदा एमालेले २६ हजार ८२३ मत पाएको छ । माओवादीभन्दा धेरै जसपाले १३ हजार ५१० पाउँदा माओवादीले ९ हजार ३३८ मत पाएको छ ।
कपिलवस्तु–१ माओवादीलाई दिँदा यो क्षेत्रमा स्वतः एमालेका उम्मेदवारको जीत हुने कांग्रेसकै नेताहरूको चिन्ता छ । ‘कांग्रेस एकल बहुमतमा रहेको र दाबी गरेको माओवादीभन्दा ३ गुणा धेरै भोट छ, टिकट दिएर मात्र हुन्छ र ? कांग्रेसमा भोट हालेका सबैले दिन्छन् भन्ने के ग्यारेण्टी ?’ कांग्रेसका एक जिल्ला स्तरका नेताले लोकान्तरसँग भने ।
यो क्षेत्रमा एमालेले केन्द्रीय सदस्य तथा पूर्व सांसद बलराम अधिकारीलाई अगाडि सार्ने चर्चा छ । कपिलवस्तुवासी जनतासँग उपाध्याय र खनालको पृष्ठभूमि र राजनीतिक छविबारे प्रस्ट छन् ।
खनालप्रति कार्यकर्तादेखि स्थानीय रूष्ट देखिएका छन् भने उपाध्याय शालीन नेता भएकाले आउँदो निर्वाचनमा उनी अनुकूल माहोल देखिएको समेत केही स्थानीयले बताए ।
उपाध्यायलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तयारी गर्न इशारा दिएका छन् ।
‘जितेपछि फर्केरै आएनन्’
कपिलवस्तु सदरमुकाम तौलिहवाका होटल व्यवसायी हुन् त्रिविक्रम शाह । उनले आफ्नो क्षेत्रबाट जितेर गएका खनाल एकपटक पनि फर्किएर आई जिल्ला सदरमुकामका समस्याबारे चासो पनि नदिएको बताउँछन् ।
गौतमबुद्ध होटलका सञ्चालक शाहले बजार क्षेत्रका सडक निर्माण लगायतले पारेका समस्याबारे पटक–पटक खनाललाई जानकारी गराउँदा समेत चासो नदिएको गुनासो गरे ।
‘बलदेव चुनाव जितेर फर्किएर आउँदै आउनुभएन । अब फेरि यहीँ क्षेत्रबाट चुनाव लड्ने कुरा सुन्छु, त्यति सहज म देख्दिनँ,’ शाहले भने, ‘अन्य जिल्ला सदरमुकाम कति विकसित भइसके । यहाँको अवस्था धेरै पछि छ ।’
‘छाडा चौपायाका समस्या, औद्योगिक क्षेत्रका विकासमा धेरै नीतिगत काम गर्न उहाँ (खनाल) ले सक्नुहुन्थ्यो, त्यसतर्फ उहाँ लाग्नुभएन,’ शाहले थपे ।
‘कृषिमन्त्री पाएको जिल्लाले किसानकै काम गरेनन्’
कपिलवस्तु नगरपालिका–७ का अब्दुल रहमान किसान हुन् । उनले यो पटक पनि भारतबाट महंगो मूल्य तिरेर मलखाद खरिद गर्नुपर्यो । उनी भन्छन्, ‘खनालले जितेर पनि केही भएन । उहाँको माहोल यो पटक म राम्रो देख्दिनँ । यहाँ हरेक किसानलाई सोध्नुहोस्, बलदेवले कृषिमन्त्री भएर पनि कृषि क्षेत्रमा के गरे ?’
एक्लाएक्लै प्रतिस्पर्धा गरे एमाले र कांग्रेसबीच ‘टप कम्पिटिसन’ हुने रहमानको आकलन छ । रहमानले भनेजस्तै विभिन्न आश्वासनले भरिएका चुनावी घोषणापत्र लिएर फेरि नेताहरू गाउँगाउँ पुगेका छन् ।
‘मधेशको मान्छेले मात्र मधेशका समस्या बुझ्छ’
कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीका रामवृज यादवलाई कुनै पनि नेताप्रति विश्वास छैन । मधेशी समुदायकै व्यक्तिले मात्र मधेशका समस्या र जनताको कुरा बुझ्ने भन्दै धेरै नेता जनताप्रति जिम्मेवार नदेखिएका बताउँछन् ।
‘यहाँ मल बीउ, सिँचाइ, सडक, विद्युत्को समस्या छ तर नेताले गफ ठूला गर्छन् । सामान्य किसानलाई अति आवश्यक काम पनि गर्नको लागि चाहँदैनन् । यसले नेताहरू जनताको नजरमा गिर्दै गएका छन्,’ यादव भन्छन्, ‘धेरैलाई माननीय बनाइयो, जनताका समस्या जहाँको त्यहीँ ।’
‘टिकट वितरणमा सही निर्णय नगरे एमाले जित्छ’
शुद्धोधनका स्थानीय नागरिक नेता त्रिपाठीले गठबन्धनले फेरि चक्रपाणिलाई अगाडि सारे एमालेले जीत निकाल्ने दाबी गर्छन् । उनी खनाल छवि अहिले जिल्लावासीको नजरमा नराम्रो बनेको दाबी गर्छन् ।
‘दीपकबाबुको राम्रो प्रभाव देख्छु म । गठबन्धनले केही हुँदैन, तराई पार्टी भन्ने हुँदैन, व्यक्तिगत छवि हेर्छन् । त्यहीँ नेतालाई जनताले भोट दिन्छन् । गठबन्धनमा कार्यकर्ता बाँधिँदैनन् । यो कुरा नेताहरूलाई हेक्का होस्,’ उनी थप्छन्, ‘मन्त्री हुँदा केही नगरेका नेता फेरि आउँदा जनताले रुचाउनेवाला छैनन् । त्यो भनेको एमालेका उम्मेदवारले जीत निकाल्ने पक्काजस्तै हुन्छ ।’
‘गठबन्धनको नाममा जबरजस्ती भोट हलाउन पाइँदैन’
कपिलवस्तु–११ का जमसेद खाँ कांग्रेसका स्थानीय नेता हुन् । गठबन्धनको नाममा हँसियाहथौडामा भोट हाल्न लाद्नु कार्यकर्तामा अन्याय हुने उनी बताउँछन् ।
उनी भन्छन्, ‘सम्बन्धित क्षेत्रका जनतासँग कुनै छलफल नगरी जबरजस्ती गठबन्धनले गर्ने निर्णय कार्यकर्ताले मान्नुपर्छ भन्ने हुँदैन । यो क्षेत्रमा कांग्रेसले टिकट पाउनुपर्यो ।’
सिँचाइ, खानेपानी, बाटोघाटोसँग जोडिएका समस्या कांग्रेसले बुझेको उनले बताए । खाँले थपे, ‘५ सालमा बलदेव मन्त्री बने, १/२ पल्ट गाउँ डुले, अरू केही गर्न सकेनन् ।’
जिल्लामा राम्रा अस्पताल छैनन्, उपचारको लागि बुटवल र भैरहवा पुग्नुपर्ने बाध्यता छ । जिल्ला अस्पतालको पनि स्तरवृद्धि गरिएको छैन । मन्त्रीले जिल्लाको स्वास्थ्य क्षेत्रमा पनि केही काम गर्न नसकेको उनको बुझाइ छ ।
‘जनतामा पकड भएको नेताले टिकट पाउनुपर्छ’
कपिलवस्तुका अब्दुल महबुबले चुनावमा पटक–पटक मतदान गरेको अनुभव छ तर चुनावअघि र चुनावपछिका नेतामा आकाश–पातलको फरक देख्छन् । चुनाव अगाडि जे भने पनि गरिदिन्छु भन्छन् तर चुनाव जितेपछि न त फोन गर्दा उठाउँछन्, न त गाउँमै आउँछन् ।
गठबन्धन गरेर नभई निष्पक्ष रूपमा एकल–एकल चुनाव लडेर जनतालाई स्वविवेकले मतदान गर्ने वातावरण दिनुपर्ने सुझाव दिन्छन् उनी । ‘जनतामा नेताको पकड हुनुपर्छ, गठबन्धन गरेर हुँदैन । हामी मान्दैनौं । जहाँ आफू बलियो छ, त्यहाँ जाने हो । माओवादी रुकुम रोल्पा जाउँ, कांग्रेस यही आऊ,’ उनी भन्छन् ।
खनालप्रति लक्षित गर्दै उनले क्रान्तिमा नेतृत्वमा गरेका नेताले जनताको परिवर्तनबारे खासै ध्यान दिन नसकेको अब्दुल बताउँछन् । उनी दीपकुमार सरल नेता भएकाले खनालको तुलनामा उनलाई केही सहज हुने बताउँछन् । उनले कांग्रेस र कम्युनिस्टको गठबन्धन भए भारतमा जस्तै नेपालमा पनि कांग्रेसलाई संकट आउने बताउँछन् ।
‘जनताको आशामा तुषारापात भयो’
मायादेवी गाउँपालिका–३ फुलिकाका गोवर्द्धन चौधरीको सानो व्यवसाय छ । खनाल नयाँ उम्मेदवार हुँदा केही गर्छन् भन्ने आशा र उत्साह थियो उनलाई त्यो बेला ।
अहिले उनको त्यो आशामा तुषारापात भएको छ । ‘यहाँ माओवादीले टिकट पाए एमालेसँग प्रतिस्पर्धा नै हुँदैन, एमाले सहज जीत निकाल्छ,’ उनले भने, ‘बलदेवलाई जनताले अहिले सजिलै भोट दिँदैनन् । माओवादीले जनतालाई धेरै धोका दिएको उनको भनाइ छ ।
‘दीपकुमारको व्यक्तिगत प्रभाव राम्रो छ’
शुद्धोधनकै स्थानीय मुरली कुर्मीको बुझाइमा आसन्न चुनावमा दीपकुमारलाई जनताको राम्रो साथ हुने देखिन्छ । ‘उत्तरी क्षेत्रको अवस्था के छ ? मलाई थाहा छैन,’ कुर्मी भन्छन्, ‘तर दक्षिणी क्षेत्रमा दीपबाबुको राम्रो प्रभाव छ । गठबन्धनले उहाँलाई टिकट दिए राम्रो होला । उहाँको व्यक्तिगत प्रभाव राम्रो छ । उहाँ सबैको भारी हो ।’
शुद्धोधन गाउँपालिका–६ का वीरेन्द्रसिंह यादव यहाँबाट जितेर गएका नेताहरूले व्यक्तिगत स्वार्थ पूरा गरेको र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउँछन् । ‘किसानका लागि पानी, मल, बीउप्रति ध्यान दिएनन्,’ उनी भन्छन् । अहिले किसान धेरै पीडामा रहेका उनी बताउँछन् ।
चुनाव जिते पनि, हारे पनि जो निरन्तर कपिलवस्तुको विकासमा सक्रिय छन्
कांग्रेसभित्र सालिन नेताको पहिचान बनाएका उपाध्याय २०३८ सालदेखि निरन्तर प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदै आएका छन् । समाजसेवीको रूपमा जिल्लामा सरल, इमान्दार, सक्षम नेता उपाध्यायको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनेको छ । उनले विभिन्न तह र तप्कामा रहँदा यस क्षेत्रमा प्रत्यक्ष र दूरगामी प्रभाव पार्ने कामहरू गरेका छन् ।
विश्व शान्तिको मुहान लुम्बिनीको गुरूयोजना कार्यान्वन तथा कपिलवस्तु, रामग्राम देवदहलाई जोडेर एकीकृत योजनाका निर्माणका परिकल्पनाकार उपाध्याय नै हुन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाका लागि संसदमा निरन्तर आवाज र प्रयास गरी संयोजनकारी भूमिकाको श्रेय उनै उपाध्यायलाई जान्छ ।
आर्थिक पारदर्शिताका लागि पार्टी र संसदमा निरन्तर आवाज उठाउने नेतामा पनि पर्छन् उपाध्याय । उनी अहिलेसम्म कुनै विवाद नपर्ने स्वच्छ छवि भएका नेता हुन् ।
जिल्लाको बाणगंगाको विकट क्षेत्र भलबाउ र पटनामा सडक, सिँचाइ, विद्युतीकरण, स्वास्थ्य, शिक्षामा काम गरी त्यहाँको मुहार उनकै पहलमा फेरिएको छ । सिद्धिघाट, बाणगंगा र प्रगति नदीमा सिँचाइ योजना उनकै पहलमा भएका हुन् ।
पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा नाकासम्म एकैपटक विद्युतीकरण र सडक उपाध्यायकै पहलमा बनेका थिए । उपाध्यायले अघिल्लो निर्वाचनमा आफूलाई पार्टीबाटै असहयोग हुँदा पराजय भोग्नुपरेको बताउँछन् । उनी चुनावमा पराजित भए पनि जिल्लामा बसेर सबैको सुख–दुःख र समस्याप्रति जोडिइरहेका छन्, त्यहीँ छविले उनलाई सबैले रुचाउँछन् ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको विशेष अनुरोधमा भारतका लागि नेपाली राजदूत बनेका थिए । २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले विना कारण उपाध्यायलाई राजदूतबाट फिर्ता बोलायो । त्यसपछि फेरि निर्वाचनमा फर्किने शर्तमा उनी अर्को पटक राजदूत भएर भारत गए, अर्को १ वर्ष काम गरे ।
राजदूत हुँदा भूकम्प र नाकाबन्दीको अत्याशलाग्दो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानमा कुनै आँच आउन दिएनन् । निर्वाचनको बेला राजीनामा दिएर जनताको बीचमा फर्किएका थिए । वैदेशिक रोजगारीमा रहेका सबै युवाहरूको समस्या समाधानमा उनले निरन्तर र तत्काल पहल गर्दै आएका छन् । पार्टीगतभन्दा पनि दीपकुमारको व्यक्तिगत, शालिनता र सेवाभाव अनुकरणीय देखिन्छ ।
टिकट वितरणलाई लिएर सत्ता गठबन्धनभित्र रस्साकस्सी चलिरहेको छ । स्थानीय मतदाताले भने २०७४ सालमा निर्वाचितलाई दोहोर्याउन रुचि गरेका छैनन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...