०७ साउन २०८३, बिहीबार

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार हुने

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार हुने

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । 

नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । जम्मा ७ वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु भृकुटि मण्डपमा हुनेछ ।

कमेन्ट गर्नुहोस्