२३ जेठ २०८३, शनिबार

बालुवाटारमा आलोचना हुने भयो भन्दै भाषण छोट्याएर हिँडे प्रचण्ड

बालुवाटारमा आलोचना हुने भयो भन्दै भाषण छोट्याएर हिँडे प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा सिट बाँडफाँटको छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बस्ने बैठकले सहमतिको प्रयास गर्ने उनले बताए । 

अखिल नेपाल किसान संघको कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै प्रचण्डले बाँडफाँटको छलफल अन्तिम चरणमा पुगेको बताएका हुन् । ‘अहिले पनि बालुवाटारमा शीर्ष नेतृत्वसहितको बैठक छ । १ बजे त्यहाँ पुग्नै पर्ने हो । यस्तै कार्यक्रमको व्यस्तताले समयमा पुग्न पाइँदैन, जसले गर्दा थोरै आलोचना हुने भयो’, सवा १ बजेको समयमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने । 

बैठकमा सहभागी हुन भन्दै प्रचण्ड भाषण छोट्याएर बालुवाटारतिर लागेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि भइरहेको छलफलमा १ सय ६५ मध्ये १ सय ३० सिटमा सहमति भएको नेताहरूले दाबी गरेका छन् । मंसिर ४ गतेको चुनावको लागि असोज २३ गते उम्मेदवार मनोनयन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्