×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमाले-लोसपा तालमेल प्रयास : कहाँ अड्कियो कुरा ? किन अझै भएन सहमति ?

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन ।

Muktinath Bank

गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक–पटक भेटवार्ता समेत भइसकेको छ तर कुनै ठोस नतिजा आउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोसपा नेताहरू तालमेलबारे आशावादी रहे पनि एमाले नेताहरू खासै सकारात्मक कुरा गर्दैनन् ।


Advertisment
Nabil box
Kumari

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग सम्वाद जारी नै रहेको बताए । ‘एमालेसँगको गठबन्धनका विषयमा दुईतीन दिनपछि मात्र केही भन्न सकिन्छ,’ महतोले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल पनि एमालेसँग नै गठबन्धन हुने बताउँछन् । 

लोसपाका अर्का नेता तथा केशव झाले पनि एमालेसँगको सकारात्मक रूपमै अगाडी बढेको जानकारी दिए । ‘हाम्रो अध्यक्ष महन्थ ठाकुरजी र एमाले अध्यक्ष ओलीजीबीच सम्वाद जारी नै छ । अर्कातर्फ दुवै पार्टीबीचको कार्यदलबीच पनि कुराकानी भइरहेको थियाे,’ उनले भने ।

गठबन्धनका लागि एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल तथा लोसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्लसहितको दुई सदस्यीय कार्यदल गठन गरिएकाे थियाे ।

‘कार्यदलबीच पनि एक दुईपटक औपचारिक रूपमा कुराकानी भइसकेको छ । बीचमा शुक्लजी बिरामी भएका कारण सम्वाद अवरुद्ध भएको थियो,’ लोसपा कार्यकारिणी सदस्य समेत रहेका झाले भने, ‘त्यसकारण अब एमालेसँग मात्र नभएर विचार मिल्ने दलहरूसँग वार्ता गर्नका लागि ६ सदस्यीय वार्ता समिति शुक्रवार गठन गरिएकाे छ ।’

लोसपाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको हाे । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको छ ।  

वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको झाले बताए ।

एमालेसँग तालमेलका लागि अनाैपचारिक रूपमा वार्ता, सम्वाद भइरहे पनि सहज परिस्थिति भने नभएकाे लाेसपाका मधेश प्रदेश सचिव रामविनोद चौधरी बताउँछन् । नागरिकता विधेयकका कारण एमालेसँग तालमेल वा गठबन्धन नगर्न कार्यकर्ताहरूकाे चर्काे दबाब रहेकाे उनी बताउँछन् । 

‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको विरोधमा हामी विगत दुई दिनदेखि सडक आन्दोलनमा छौं । तर, एमाले त्यसको समर्थनमा नाराबाजी गरिहेको छ,’ चौधरीले लोकान्तरसँग भने, ‘एमालेसँग हाम्रो एजेण्डा नै मिलिरहेको छैन । एमालेसँग गठबन्धन नै त नहोला, शीर्ष नेतालक्षित कुनै विशेष क्षेत्रमा तालमेल हुनसक्छ ।’ 

तालमेल नभए एक्लै लड्न पनि नेतृत्व तयार रहनुपर्ने उनको भनाइ छ ।

एमाले सचिव रघुवीर महासेठ भने लोसपासँग गठबन्धन नहुने बताउँछन् । ‘एमालेले कसैसँग पनि गठबन्धन गर्ने निर्णय गरेको छैन । आवश्यकता अनुसार कुनै क्षेत्रमा तालमेल गर्न सकिन्छ,’ महासेठले लोकान्तरसँग भने, ‘तालमेल गर्नकै लागि सत्तारुढ गठबन्धनमा आबद्ध नभएको हुनुपर्छ । तैपनि तालमेलकै लागि हालसम्म औपचारिक रूपमा लोसपासँग कुनै किसिमको कुराकानी भएको छैन ।’

मधेश प्रदेशको ३२ वटै प्रतिनिधिसभा क्षेत्रमा एमालेले उम्मेदवार उठाउने निर्णय गरिसकेको उनले बताए । 

‘यद्यपि लोसपाले तालमेल गर्न खोज्यो भने कुनै–कुनै क्षेत्रमा तालमेल गर्न सकिन्छ,’ महासेठले भने, ‘तालमेल गर्दा पनि लोसपाका नेताले यसअघि जितेकै सबै क्षेत्र भने दिन सकिँदैन । अन्य क्षेत्रको सीटमा व्यवस्थापन भने गर्न सकिन्छ ।’ 

गठबन्धनमा खास गरेर मधेश प्रदेशको सीटमा सहमति जुटाउन समस्या देखिएको छ । मधेश प्रदेशमा रहेको ३२ सीटमध्ये लोसपाको १५ सीटमा दाबी छ ।

साविक राजपाले गत निर्वाचनमा प्रतिनिधिसभामा १५ सीटमा चुनाव लडेर १० सीट जितेको तथा प्रदेशसभाको ३१ सीटमा लडेर १५ सीट जितेको हुनाले ती सबै सीटमा लोसपाले दाबी गरेको छ । 

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट, वरिष्ठ नेता राजेन्द्र महतो धनुषा– ३ बाट, वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी– २ बाट, अनिलकुमार झा रौतहट– १ बाट निर्वाचित भएका थिए ।

एकबाल मियाँ बारा– ४ बाट, लक्ष्मणलाल कर्ण पर्सा– ४ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा लोसपाले मधेश प्रदेशका ती शीर्ष नेताहरूबाहेक पश्चिमका सर्वेन्द्र शुक्लसहित केही नेताहरू तथा प्रदेशसभामा समेत केही स्थापित नेताहरूको सीट सुनिश्चितता खोजेको छ ।

२०७४ सालमा एमालेले प्रतिनिधिसभामा मधेश प्रदेशमा २ सीट मात्र जितेको थियो । धनुषा– ४ बाट रघुवीर महासेठ र सिरहा–३ बाट लीलानाथ श्रेष्ठ मात्र प्रतिनिधिसभामा जित्न सकेका थिए । रौतहट–३ मा माओवादीबाट चुनाव जितेका प्रभु साह अहिले एमालेमा छन् । 

तर, अहिले मधेश प्रदेशको ३२ सीटमध्ये धेरैजसो सीटमा एमालेका नेताहरूले दाबी गरिरहेका छन् । 

धनुषा– १ मा रामचन्द्र मण्डल, धनुषा– २ मा लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरिया, धनुषा– ३ मा जुली महतो, धनुषा–४ मा रघुवीर महासेठको दाबी छ । 

महोत्तरी–३ मा रामदयाल मण्डल, महोत्तरी–१ मा शंकर महतो वा लक्ष्मी महतो, सिरहा– ३ मा लीलानाथ श्रेष्ठ, रौतहट–३ मा प्रभु साह, रौतहट– १ मा अजय गुप्ता, रौतहट–२ मा किरण साह, पर्सा–३ मा राजकुमार गुप्ता, बारामा ज्वाला साह, देवनारायण चौधरी, अच्युत मैनाली, सर्लाहीमा हरि उप्रेती, राजनारायण साह, सप्तरीमा सुमनराज प्याकुरेलसहितका नेताहरूको दाबी छ ।

सहमति जुट्नमा सबैभन्दा बढी समस्या धनुषाको क्षेत्र– ३ मा देखिएको छ । २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालीन राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो निर्वाचित भएका थिए । तर, सोही क्षेत्रबाट एमालेकी जुली महतो पनि चुनावको प्रचार प्रसारमा लागिसकेकी छन् । गत निर्वाचनमा जुली समानुपातिक कोटामा प्रतिनिधिसभा सांसद बनेकी थिइन् । 

एमालेकै अनौपचारिक सहयोगमा गत निर्वाचनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । तर, यसपटक जुली समानुपातिकमा नपरी प्रत्यक्ष नै चुनाव लड्न चाहेकी छन् । आफू चुनाव प्रचार तथा घरदैलो अभियानमा समेत लागिसकेको उनले लोकान्तरसँग भनिन् ।

‘यदि एमाले र लोसपाबीच तालमेल वा गठबन्धन भए पनि धनुषा–३ मा सूर्य छापकै उम्मेदवार रहन्छ,’ जुलीले थपिन्, ‘राजेन्द्रजीले पनि त्यो क्षेत्रमा आउँदिनँ, तपाईं प्रचारप्रसारमा लाग्नुस् भनेर मलाई भनिसक्नुभएको छ । ’ 

जुलीकै दाबी मान्ने हो भने पनि राजेन्द्र महतोले धनुषा– ३ छाड्दा उनका लागि एमालेले कुनै सुरक्षित क्षेत्र दिनुपर्ने हुन्छ । २०७४ सालको चुनावअघि महतो आफ्नो गृहजिल्ला सर्लाही– २ बाट चुनाव लड्ने गरेका थिए । 

राजेन्द्र महतोले धनुषा– ३ छाड्ने भनेर अहिलेसम्म औपचारिक रूपमा बोलिसकेका छैनन् । एमालेकै मधेश प्रदेशका एक केन्द्रीय सदस्यका अनुसार एमाले अध्यक्ष ओलीले नै लोसपासँग गठबन्धन चाहेका छैनन् ।

‘लोसपा मधेश प्रदेशमा निकै कमजोर अवस्थामा रहेको तथ्यलाई आकलन गर्दै ओलीलाई एक्लै चुनाव लड्न पार्टीका नेता तथा कार्यकर्ताको तीव्र दबाब छ,’ ती नेताले लोकान्तरसँग भने, ‘त्यसमा पनि अहिले जसपा र लोसपाबाट असन्तुष्ट रहेका नेताहरूको एमाले प्रवेश गर्ने लहर नै चलेको परिस्थितिको फाइदा उठाउन खोज्नुभएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x