२३ जेठ २०८३, शनिबार

डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत दहालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत दहालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहालसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माणमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै ७ जनाविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

दहालसँगै सहायक वन अधिकृत टेकबहादुर रावल, कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष ध्रुवकुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढालगायतविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्यांकन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी–गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई ४ लाख ३६ हजार ७२२ रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्