३० जेठ २०८३, शनिबार

नेकपा एसप्रति ओलीको टिप्पणी– तितेपातीको झारजस्तै हो, अर्को भदौ पुग्दैन !

नेकपा एसप्रति ओलीको टिप्पणी– तितेपातीको झारजस्तै हो, अर्को भदौ पुग्दैन !
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन भएर गएको नेकपा एकीकृत समाजवादीलाई तितेपातीसँग तुलना गरेका छन् । एमाले युवा पार्टी र गठबन्धनमा रहेका पार्टीहरू बुढा पार्टी भएको उनको टिप्पणी थियो । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मंसिर ४ पछि मात्र नेपाल टोपी निकालेर गालामा हात राख्नुपर्ने अवस्था आउने बताएका हुन् । 

‘७० वर्ष भए पनि एमाले युवा पार्टी हो, एउटा सल्लोको रुख ५० वर्षमा पनि बढ्दै हुन्छ, एउटा तीतेपातीको बूढो ३ महिनामा मर्छ’ ओलीले भने, ‘एस पार्टी भन्ने छ नि आजकाल, पोहोर भदौमा जन्मियो, अहिले भदौमा वैश आयो अर्को भदौ पुग्दैन । तितेपातीको झारजस्तै हो ।’

ओलीले माधव नेपालको पार्टी पोहोर बनेको भए पनि बुढो भइसकेको टिप्पणी गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्