२५ जेठ २०८३, सोमबार

नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नु पर्छः सचिव कार्की

नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नु पर्छः सचिव कार्की

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नु पर्ने बताएका छन् । नेपालले परराष्ट्र नीति भनेको घरेलु नीति भएको र त्यसको प्रभाव बाहिर पर्ने बताए ।

शुक्रबार संवाद डबलीमा लेखक भानु भण्डारीद्वारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचनमा बोल्दै पूर्वसंचारमन्त्री समेत रहेका कार्कीले भने, “नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका राम्रा र नराम्रा दुबै पक्ष छन् । मुख्य कुरा भनेको नेपालले कस्तो परराष्ट्र नीति बनाउँछ भन्ने कुरा हो । घरेलु नीतिको विस्तारित रुप नै परराष्ट्रनीति हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति बनाउनुपर्छ ।” विगतमा भूराजनीतिको गाँठो परेको बेला नेपालले शान्ति क्षेत्रको क्षेत्रको प्रस्ताव ल्याएको बताउँदै पुनः त्यही अवस्था आएको बताए ।

चीनले पुँजीवादी व्यवस्थामा आफ्नो भूमिका मात्रै नखोजेर त्यसलाई परिमार्जित गर्न खोजिरहेको कार्कीले बताए । तर उसका प्रतिद्वन्द्वीले आजको विश्व व्यवस्थालाई चीनले धराशयी बनाउन खोजेको आरोपसहित घेराबन्दी गर्न थालेको कार्कीले धारणा राखे ।
पुस्तकका लेखक भानु भण्डारीले नेपालका राजनीतिज्ञको अदुरदर्शीताका कारण देशमा खतरा पैदा भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्