१९ असार २०८३, शुक्रबार

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

कात्तिक २०, २०७४
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

 

काठमाडौँ, १९ साउन । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् । 

नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ । 

कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ । 

बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो । 

नेपाली १० कलाकारको समूह तथा अमितकुमार मेहताको नेतृत्वमा काठमाडौँ आइपुगेको भारत बनारसका ११ कलाकारले संयुक्तरुपमा बुधबार पशुपतिको मृगस्थलीमा कला सिर्जना गरेका थिए । रासस 

salt training

कमेन्ट गर्नुहोस्