२२ जेठ २०८३, शुक्रबार

नेता असल भए तीव्र विकास हुन्छ : मन्त्री चौधरी

नेता असल भए तीव्र विकास हुन्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् । बारामा आयोजित कार्यक्रममा शुक्रबार बोल्दै चौधरीले यो जिल्ला पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखे । 
‘जुन ठाउँका नेता असल, इमानदार र विकास प्रेमी हुन्छन् त्यहाँ तिव्र गतिमा विकास पुग्छ । तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठुला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन,’ उनले भने । 

चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन आउन लागेको बताए । 
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्बृद्धिको मुल फुट्ने दाबी गरे । बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए । 
सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपट बहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आसा व्यक्त गरे । 

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरुले आआफ्ना मन्तव्य राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्