१६ असार २०८३, मंगलबार

झापामा दुईजनाको मृत्यु

कात्तिक २०, २०७४
झापामा दुईजनाको मृत्यु

झापा, १९ साउन– करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेको इप्रका दमकले जनाएको छ ।

उनी केही दिनदेखि बेपत्ता रहेको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्