
काठमाडौंको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर आपसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा२ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा९१प ५४०३ नम्बरको स्कुटर गएराती ठोकिँदा स्कुटर चालक गोरखाका ३१ वर्षीय राजु गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङ गोरखाको बार्पाक सुलिकोट ३ घर भई प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत रहेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
ट्याक्सी सहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।