
नेपाली कांग्रेसको राजनीतिमा भर्खरै सक्रिय पाल्पा रामपुरका सन्दीप राना नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फको बन्द सूचीमा समेटिएका छन् । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रानाको नाम ४२ औँ नम्बरमा छ ।
अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानमा समेत आवद्ध राना भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव हुन् । दिल्ली युनिभर्सिटीमा पढेका राना केही समय भाजपा नेता साहको स्वकीय सचिव बनेका थिए । साह अहिले भारतको गृहमन्त्री छन् ।
नेपाली कांग्रेसका नेताहरू दिल्ली भ्रमणमा गएको बेला उनी सक्रिय देखिने गरेका थिए । भाजपाका अन्य नेताहरूसँग पनि उनको सम्बन्ध रहेको बताइन्छ । राना पाल्पाबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका थिए ।