०४ साउन २०८३, सोमबार
टिकटकाे लफडा

सूर्यबहादुरका छोराले टिकट पाउने भएपछि धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिन सबैको राजीनामा

सूर्यबहादुरका छोराले टिकट पाउने भएपछि धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिन सबैको राजीनामा

नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले राजीनामा दिएका छन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् । 

शनिवार बसेको समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिँदै हेमराज भण्डारी ‘सुदर्शन’को स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको समन्वय समितिका संयोजक डिल्ली राम राई (कमल)ले जानकारी दिए । उनले आइतवार पत्रकार सम्मेलन गर्दै आफूहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको जानकारी दिए । 

गठबन्धन दलबीच एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा कांग्रेसलाई दिने मोटामोटी सहमति भएको बताइन्छ । कांग्रेसबाट सुनिल थापा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छाेरा हुन् । राप्रपाबाट राजनीति थालेका सूर्यबहादुर पुत्र सुनिल केही वर्षअघिमात्र कांग्रेस प्रवेश गरेका थिए ।

माओवादी केन्द्रका जिल्ला नेताहरूले लामो समयदेखि धनकुटा नछाड्न केन्द्रलाई दबाब दिँदै आएका थिए । नेता भण्डारीले पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । 


 

कमेन्ट गर्नुहोस्