०५ साउन २०८३, मंगलबार

उपत्यकाबाट अवैध ६ जना लागुऔषध कारोबारी पक्राउ, ३१ लाख बढीको लागुऔषध बरामद

उपत्यकाबाट अवैध ६ जना लागुऔषध कारोबारी पक्राउ, ३१ लाख बढीको लागुऔषध बरामद

नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएकामा लागुऔषध खैरो हेरोइन कारोबार गर्ने २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागु औषध एम्पुल बससहित अन्य एकजना छन् । प्रहरीका अनुसार भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरिएको थियो । 

त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । ब्यूरोका प्रवक्ता खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालबारे अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बारको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरिएको थियो । 

बसभित्रबाट लागु औषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रवक्ता खड्काले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको बताए । 

प्रहरीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागु औषध गाँजा बरामद गरिएको जानकारी दिएको छ । गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागु औषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ. वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

प्रहरी उपरीक्षक खड्काले बरामद लागुऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्