
काठमाडौं, १९ साउन — बहुविवाहलाई धेरै देशका कानूनहरूले अवैध ठह–याएका छन् । हालै क्यानाडाको एक अदालतले ऐतिहासिक फैसला गर्दै देशमा बहुविवाहको प्रथामाथि लगाइएको प्रतिबन्धलाई सही ठह–याएको छ ।

यस मुद्दामा दुई व्यक्तिलाई बहुविवाहमा दोषी पाइएको छ । दोषी ठह–याइएकामध्ये एक व्यक्ति विन्स्टन ब्ल्याकमोरका २५ पत्नी र १४६ बच्चाहरू छन् । अर्को व्यक्ति जेम्स मेरियनका चाहिँ पाँच श्रीमती छन् ।
बहुविवाह गर्नेलाई पाँच वर्षको कारावास सजायको व्यवस्था छ । क्यानाडामा यो कानून १२७ वर्षअघि लागू भएको थियो ।
बहुविवाहका दोषीहरूका विरुद्ध अभियोग दर्ता भएपछि विगत दुई दशकमा तीन विशेष वकिल नियुक्त गरिएको थियो । तर बहुविवाहलाई प्रतिबन्धित गर्ने कानूनले क्यानाडाको संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने हो कि भनी वकिलहरूले यो मुद्दा लड्न चाहेका थिएनन् ।
तर सन् २०११ मा ब्रिटिश कोलम्बियाको अदालतले यो आशंकालाई निर्मूल गरिदिएको थियो । अदालतले फैसला सुनाउँदै बहुविवाहमा अन्तर्निहित नोक्सानीका कारण धार्मिक स्वतन्त्रतामाथिको सीमालाई न्यायोचित ठह–याउँछ ।
यो फैसलाका कारण ब्ल्याकमोर र मेरियनका विरुद्ध अभियोगको बाटो खुल्यो ।
एजेन्सी