०८ साउन २०८३, शुक्रबार

ब्याकुल माइलालाई मासिक ५० हजार र सत्यमोहनलाई नर्स सुविधा दिने सरकारको निर्णय

ब्याकुल माइलालाई मासिक ५० हजार र सत्यमोहनलाई नर्स सुविधा दिने सरकारको निर्णय

सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो । 

सरकारले संस्कृतिविद् जोशीलाई पनि नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ । 

७ असोजमा गरेको मन्त्रिपरिषद्को निर्णयमा दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकट क्षेत्र घोषणा गर्नेसहितका विभिन्न १३ निर्णय गरेको छ ।

यस्ता  छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

salt training

कमेन्ट गर्नुहोस्