
काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउँसो प्रहरीले दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तरगंगा गाउँपालिका–८ घर भएका ३९ वर्षीय प्रेमकुमारी घर्तीलाई नियन्त्रणमा लिएको हो ।
उक्त गेष्टहाउसमा गैंडाको खाग लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले गेष्टहाउसमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त गैंडाको खागसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।