११ साउन २०८३, सोमबार

सभामुखको वैधतामाथि राष्ट्रिय सभा अध्यक्षले उठाए प्रश्न,  निर्णय कार्यान्वयन नगर्न पत्राचार

सभामुखको वैधतामाथि राष्ट्रिय सभा अध्यक्षले उठाए प्रश्न,  निर्णय कार्यान्वयन नगर्न पत्राचार

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् । आइतवार संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै उनले सापकोटाले असोज ५ सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।

तिमिल्सिनाले यसअघि सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए । जवाफमा आयोगले उनीहरूको र प्रतिनिधि सभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको थियो ।

असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो । तर, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उक्त निर्णय कार्यान्वयन नगर्न भनेका छन् । तिमिल्सिना पनि उक्त समितिका सदस्य हुन् । 

असोज ५ को बैठकले अध्ययनका लागि विदेश गएका सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरु मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पनि स्वीकृत गरेको थियो । साथसाथै, संसद सचिवालयका कार्यरत कर्मचारीको नियुक्ति तथा बढुवालाई समेत अनुमोदन गरेको थियो ।

उक्त बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिएनन् । 


 

salt training

कमेन्ट गर्नुहोस्