
मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ ।
गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको राजीनामा स्वीकृत गरेका छन् ।
राजीनामापछि उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको सक्रिय राजनीतिमा लागेका छन् ।
