
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आइतवार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइड्रो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले इलामको इलाम नगरपालिका वडा न.९ र १० मा रहेको माई खोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत् आयोजना (८ मेगावाट) हाइड्रोपावर सञ्चालन गरेको छ ।