०४ साउन २०८३, सोमबार

राष्ट्रपतिबाट नै संविधानमाथि आक्रमण : गृहमन्त्री खाँण

राष्ट्रपतिबाट नै संविधानमाथि आक्रमण : गृहमन्त्री खाँण

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् ।

संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने स्पष्ट लेखे पनि सरकारले अगाडि बढाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा लाखौं नागरिक अनागरिक बन्न पुगेका उनले बताए । 

सोमवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले २०७८ जेठ ९ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरूले जस्ताको तस्तै अगाडि सारेको समेत दाबी गरे ।

‘एक जना पनि नागरिकले नागरिकताविहीन हुँदा गृहमन्त्रीको नाताले मैले जवाफ दिनुपर्छ,’ खाँणले भने, ‘नागरिकताको पर्खाइमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरू जवाफदेही हुनु पर्दैन ?’

उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाइएको बताए । राष्ट्रपतिको नाम नलिए पनि उनले विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको बताए । उनले नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता लिनबाट समेत वञ्चित हुनुपरेको बताए ।

गृहमन्त्री खाँणले मंसिर ४ गते हुने निर्वाचन स्वच्छ र धाँधलीरहित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्