२१ असार २०८३, आइतबार

झरनादेखि पूजासम्मलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’, उपराष्ट्रपतिले गरे प्रदान

झरनादेखि पूजासम्मलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’, उपराष्ट्रपतिले गरे प्रदान

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् । 

सोमवार चलचित्र विकास बोर्डमा एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ९ जना अभिनेत्रीलाई ‘तेस्रो नवदुर्गा राष्ट्रिय सम्मान’ प्रदान गरेका हुन् । आयोजककले हरेक वर्ष घटस्थापनाको दिन नवदुर्गा राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ । 

अभिनेत्री रेजिना उप्रेतीले आयोजना गर्ने यो कार्यक्रममा अग्रजदेखि नव अभिनेत्रीहरूसम्मलाई सम्मान गर्ने गरिएको छ । यसवर्ष सम्मानित हुनेहरूमा झरना थापा, श्वेता खड्का, प्रियंका कार्की, शिल्पा पोखरेल, भारती घिमिरे, ऋचा शर्मा, मेनुका प्रधान, पूजा शर्मा, सुहाना थापा छन् । सम्मान ग्रहण गर्न अभिनेत्री शिल्पा बाहेक सबै अभिनेत्री विकास बोर्ड पुगेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्