०७ साउन २०८३, बिहीबार

मैथिली भाषामा देउवाको ट्वीट, ‘बहुते हर्ष लागल अछि’

कात्तिक २०, २०७४
मैथिली भाषामा देउवाको ट्वीट, ‘बहुते हर्ष लागल अछि’
काठमाडौं १९ साउन– नेपाली कांग्रेसको प्रदेश नम्बर दुईको प्रादेशिक कार्यकर्ता भेला उद्घाटनमा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा धनुषाको जनकपुर पुगेका छन् ।

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावको तयारीको लागि आयोजित कार्यकर्ता भेलामा सहभागि हुन देउवासहित कांग्रेसका नेताहरु जनकपुर पुगेका हुन् ।

जनकपुर पुगेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमा मैथिली भाषामा सन्देश लेख्दै जनकपुरको विकासका लागि कांग्रे प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा मैथिली भाषामा लेखेका छन्, ‘प्रदेश २ मे स्थानीय तह के तेसर चरणक निर्वाचण के सन्दर्भ मे ‘वृहत प्रादेशीक कार्यकर्ता भेला’ मे उपस्थित भेला पर हमरा बहुते हर्ष लागल अछि ।’

कमेन्ट गर्नुहोस्