काठमाडौं, १९ साउन–भरतपुर महानगरपालिकाका लागि एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवाली छुटेका छन् ।

भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दहाललाई सामाजिक सञ्जालबाट गालीगलोज गरेको आरोप उनी हिजो काठमाडौंको पुतलिसडक बाट पक्राउ परेका थिए ।
ज्ञवालीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २० हजार धरौटिमा रिहा गर्न आदेश दिएका हुन् ।
भरतपुरमा मतपत्र च्यातिएपछि ज्ञवालीले फेसबुकबाट रेणुमाथि अभद्र टिप्पणी गरेको भन्दै रेणु दाहलका श्रीमान अनिल कुमार पाठकले प्रहरीमा उजुरी दर्ता गरेका थिए ।