१० साउन २०८३, आइतबार

राजपामा चर्काचर्की, किन बस्यो बिजुलीबजारमा गोप्य बैठक ?

कात्तिक २०, २०७४
राजपामा चर्काचर्की, किन बस्यो बिजुलीबजारमा गोप्य बैठक ?
काठमाडौं, १९ साउन– मधेशवादी दलहरुको एकिकरण पछि बनेको राष्ट्रिय जनता पार्टीको पहिलो पदाधिकारी बैठक हिजोबाट शुरु भएको छ ।

हिजोबाट शुरु भएको बैठकमा पहिलेका पार्टीका मुख्य नेताहरुको आशनका विषयमा विवाद भएको थियो । ६ वटा पार्टीका प्रभावशाली नेताहरुले अध्यक्ष मण्डलहरु रहेको मञ्चको अगाडिको लहरमा बस्न पाउनुपर्ने माग गर्दै विवाद झिकेका थिए ।

यसैविषयमा र पार्टी एकिकरणपछि असन्तुष्ट बन्दै आएका राजपाका नेताहरु र पार्टी संयोजक महन्थ ठाकूरबीच वार्ता भएको छ ।

बिहीबार विहान बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको पुरानो कार्यालयमा वार्ता भएको हो ।
एकीकरणपछि आफूहरुलाई उचित स्थान नदिएकोमा असन्तुष्ट भएका नेता हृदयश त्रिपाठीसहितका नेताहरु वार्तामा थिए । वार्तामा नेता सर्वेद्नाथ शुक्ला र वृजेश गुप्ताको पनि सहभागीता थियो ।

दिउँसो शुरु हुने पदाधिकारी बैठक अघि ठाकुर र अन्य नेताहरुबीच वार्ताभएको राजपाका एक नेताले जानकारी दिए । वैठकमा त्रिपाठीसहितका नेताले पद व्यवस्थापनका लागि महतोलाई आग्रह गरेका थिए ।

राजपाका एक नेताले त्रिपाठीले राजापाबाट अलगिन खोजेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्