०२ असार २०८३, मंगलबार

स्क्रब टाइफसबाट ६ जना पीडित

कात्तिक २०, २०७४
स्क्रब टाइफसबाट ६ जना  पीडित

धनगढी, १९ साउन - मुसामा लाग्ने एक प्रकारको किर्ना नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका छ जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ  ।   गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकामा तीमध्ये दुई जना उपचारपछि घर फर्किएको र अन्यको उपचार भइरहेको छ ।

रोगका कारण गत वर्ष कैलालीमा १५२ जना संक्रमित भएकामा चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।  किर्नामा सो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफसको संक्रमण हुने चिकित्सक बताउँछन् ।

 किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, टाउको दुख्नु, अत्यधिक ज्वरो आउनु र  शरीरका विभिन्न भाग दुख्नु  रोगका लक्षण हुन् । समयमै स्वस्थ्य परीक्षण गरी उपचार गरेमा  रोग निको हुने भएकाले रोगको शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रब टाइफसको समयमै उपयुक्त उपचार हुन नसकेमा त्यसले सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, मिर्गाैलामा समस्या देखिने, निमोनिया, छारे रोग जस्ता समस्या पनि देखिन सक्ने बताइएको छ । समयमै उपचार नगरेमा यसले मस्तिष्क, कलेजो र फोक्सोमा संक्रमण गरी मृत्युसमेत हुन सक्ने सेती अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा शेरवहादुर कमरले बताउनुभयो  ।   मनसुनका समयमा यो रोगको संक्रमण बढी देखिने गर्छ । हाल सेती अञ्चल अस्पतालमा दिनमा दुई जनासम्म सो रोगका बिरामी आउने गरेको बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्