०९ असार २०८३, मंगलबार

कांग्रेसले मधेस कब्जा गर्ने सपना देख्योः एमाले

कात्तिक २०, २०७४
कांग्रेसले मधेस कब्जा गर्ने सपना देख्योः एमाले
धनुषा, १९ साउन -नेकपा एमालेका सचिव योगेश भट्टराईले राजपा र एमालेको सम्बन्ध सुधारको चाहना व्यक्त गरेका छन् ।
uml
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले र राजपालाई लडाएर कांग्रेसले मधेश कब्जा गर्ने सपना देखिरहेको आरोप लगाउँदै एमाले नै मधेसीको अधिकारको वकालत गर्ने पार्टी भएकाले मधेसमा एमालेप्रति गलत भ्रम सिर्जना गरिएकोे बताए । नेता भट्टराईले भने, “संविधान संशोधनको कुरोमा राजपासँग हाम्रो केही विमति भए पनि हामी चाहन्छौँ राजपा र एमालेमा सम्बन्ध सुधार होस् ।”

उनले राजपाले निर्वाचनमा चुनाब चिह्न पाउनुपर्ने माग गरे पनि काँग्रेसले राजपालाई चुनावमै आउन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाए। एमालेले जनकपुरको विकासका लागि विशेष अभियान चलाउने जानकारी दिँदै यहाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रयत्न थाल्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्