×

NMB BANK
NIC ASIA

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा आगो लाग्यो भने निभाउने मान्छे कोही नभएका कारण आफू राजनीतिमा आएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मिश्रजीले आफ्नो भाषणमा मूलतः ३ वटा विचार प्रकट गरे । पहिलो– राजालाई बाहेक यो देशको माया अरु कोही माइकलाललाई छैन । दोस्रो– चामलको बोरामा बाइबल आएको कारण देश अर्कैले लैजाने भयो, हिन्दूराष्ट्र चाहियो । तेस्रो– संघीयताले देश विखण्डन हुन्छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिश्रजी म त राजा होइन तर देशको निकै माया गर्छु । देशलाई माया गरेको प्रमाण कसरी पेश गर्ने ? कविता सुनाउने कि गाडीमा ‘जाग लम्क चम्क हे’ भन्ने  स्वदेश गीत बजाएर हिँड्ने कि काँधमा नेपालको राष्ट्रिय झण्डा बोकेर, उस्तै परे टी–सर्ट पनि झण्डा नै भएको लगाउने कि अथवा अरु त्यस्तो केही उपाय छ ? राजालाई भन्दा धेरै देशको माया कूलवीर कामीलाई हुँदैन भन्ने के त्यस्तो वैज्ञानिक तथ्य छ ?


Advertisment
SBL

मानिलिऊँ म धर्म नै मान्दिनँ, देउता नै मान्दिनँ । तपाईंको विचार अनुसार धर्म नभएको देश हुँदैन । अब मेरो देश हुन्छ कि हुँदैन होला ? मलाई कसले उठाएर लैजान्छ होला ? मलाई कसैले लग्यो भने कतासम्म लैजान्छ होला ? फर्किने गरी लैजान्छ होला कि लगेको लग्यै गर्छ होला ? भाग्यवश फर्किए भने पशुपतिनाथको कृपाले भन्न पाइन्छ कि पाइन्न होला ?
 
संघीयताले देश विखण्डन हुन्छ भन्ने कुरा आयो । यो कुरा तपाईंलाई कसरी थाहा भयो ? कोरोना आयो, डेंगु आयो, भूकम्प आयो । यो पनि तपाईंलाई पहिल्यै थाहा थियो कि पछि मात्रै थाहा भयो ? देश विखण्डन हुने भविष्यवाणी गर्न के खानुपर्छ ? कति थोपा खानुपर्छ ? बिहान खानुपर्छ कि बेलुकी खानुपर्छ ? देश विखण्डन भएपछि तपाईं–हाम्रो नागरिकता के हुन्छ ? व्याकुल माइलाको भत्ता कसले बुझ्छ ? टुकुचा खोलाको इँटा कसले भत्काउँछ ? भुवन केसीलाई कसले सदावहार नायक भन्छ ?

Vianet communication
Laxmi Bank

यसकारण राजा, धर्म र विखण्डनका गफ गरेर मान्छेहरूलाई त्रसित नबनाउनुहोस् मिश्रजी । बडाकाजी कमल थापाले २० वर्षसम्म यस्तै हाइपोथेटिकल कुरा गरेर जनतालाई त्रसित गराए तर अन्तिममा राजाले एक कप चिया पनि खान बोलाएनन् भनेर एमालेमा जान खोजे । राजालाई सतीको बराबरकै श्राप दिएर  सूर्य चिह्नबाट चुनाव लड्छु भन्नु एमालेमै  गएको बराबर त हो नि !

अब तपाईंको भाषण उपर केही तर्क–वितर्क गरौं । बीपीको आदर्शको कुरा गर्नुभयो तर मिश्रजीलाई थाहा छ कि छैन – बीपीको समाजवादी विचारकै कारण, प्रजातन्त्र प्रतिको अटुट निष्ठाकै कारण तत्कालीन राजा  महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित बीपी सरकारलाई विना कुनै गम्भीर कारण अपदस्त गरेका थियो र राज्यद्रोहको मुद्दा लगाएर जनताको अभिमतलाई रद्दीको टोकरीमा मिल्काइएको थियो ।

तपाईंले बीपीको आदर्शको कुरा गर्नुभयो तर बीपीले त सदैव यो देश धर्मनिरपेक्ष हुनुपर्छ भन्ने गरेका थिए, राष्ट्रको धर्म हुँदैन भन्ने गरेका थिए । देउताको बारेमा उनको भनाइ फरक थिए तर तपाईं त धार्मिक राज्यको परिकल्पनामा रमाइरहनु भएको छ ।

प्रश्न उठ्छ, यदि राजा महेन्द्रलाई देशको माया हुन्थ्यो भने जनमतले देखाएको लोकतन्त्र प्रतिको त्यति ठूलो भरोसामाथि किन गद्दारी गरे ? बीपी राजनीतिक व्यक्तित्व मात्र नभई एक घघडान साहित्यकार पनि थिए तर उनलाई आतंककारीको जस्तो व्यवहार गरेर किन भारतमा निर्वासनका लागि बाध्य बनाइयो ? नेपाली जनताले चुनेको प्रथम जननिर्वाचित प्रधानमन्त्री भारतका गल्लीहरूमा आश्रय लिनुपर्दा देशको स्वाभिमान गुमेन होला ?

जनतालाई लेखपढ गर्न देऊ, बोल्न देऊ भन्दा बीपीलाई गिरफ्तार गरियो, कुटियो, हत्कडी लगाएर जेल हालियो । बिरामी भएर मर्ने समय आएपछि मात्रै उपचारको अनुमति दिइयो । त्यो कतिसम्म दुःखद थियो ? बीपी त लोकतन्त्रवादी नेता थिए, जम्माजम्मी किसानका लागि एक हल गोरु मागेका थिए । बीपीले त्यतिखेर न संघीयता मागेका थिए, न गणतन्त्र मागेका थिए, न आत्मनिर्णयको अधिकार मागेका थिए । उत्पीडित वर्गलाई आरक्षण पनि मागेका थिएनन् । केही नमाग्दा पनि राजाले किन त्यस्तो अत्याचार गरे ?

बीपीको पहलकदमीमा भएको २००७ सालको क्रान्तिपश्चात बनेको संविधानमा राजतन्त्रलाई नै मानिएको छ । २०१५ सालमा बनेको संविधानमा पनि राजतन्त्रलाई नै मानिएको छ तर त्यो आफैंलाई राजा मानिएको संविधानलाई राजा महेन्द्रले के कति कारणले खारेज गर्नुपरेको थियो ? के त्यतिखेर देशमा गृहयुद्ध चलेको थियो ? आफ्नै देशको संविधान च्यात्ने राजसंस्थालाई देशको माया हुन्छ भनेर यहाँ प्रमाणित गर्न सकिन्न । देशको माया हुने राजसंस्थाले त संविधान जोगाउँछ होला, नपुगेको थपथाप गर्छ होला । 

तपाईंले बीपीको आदर्शको कुरा गर्नुभयो तर बीपीले त सदैव यो देश धर्मनिरपेक्ष हुनुपर्छ भन्ने गरेका थिए, राष्ट्रको धर्म हुँदैन भन्ने गरेका थिए । देउताको बारेमा उनको भनाइ फरक थिए तर तपाईं त धार्मिक राज्यको परिकल्पनामा रमाइरहनु भएको छ । राजा महेन्द्रले २०१९ सालमा कुनै  जनमत संग्रह गरेर यो देशलाई हिन्दूराष्ट्र घोषणा गरेका थिएनन् । त्यतिबेला बीपीले त भनेका थिए, ‘राजाबाट संवैधानिक धोकाधडी भयो ।’

त्यो संवैधानिक धोकाधडी किन थियो भने २००४ सालको नेपाल सरकारको लिखित विधानमा धर्मको कुरा कहीँकतै उल्लेख छैन । त्यसैगरी २००७ सालको अन्तरिम शासन विधानमा पनि धर्मको नामोनिशान छैन र १०१५ सालकै नेपाल अधिराज्यको संविधानमा समेत कहीँकतै यो देशलाई हिन्दूराष्ट्र भनेर परिभाषित गरिएकै छैन । यसको मतलब हुन्छ – राजा महेन्द्रले २०१९ सालमा हुकुमीप्रमाङ्गी शैलीमा हिन्दूराष्ट्र घोषणा गर्नुभन्दा अगाडि नेपाल धर्मनिरपेक्ष थियो । 

अब यहाँ मिश्रजीलाई प्रश्न छ – तपाईंले भने जस्तै यदि हिन्दूराष्ट्र भएकै कारण देशको स्वाभिमान जोगिने हो भने २०१९ साल अगाडिको धर्मनिरपेक्ष देश नेपाललाई किन कसैले लुटेर लगेन ? बरु सिमाना र स्वाभिमानका ठूलाठूला लडाइँहरू त्यतिखेर भएका छन् जतिखेर नेपाल धर्मनिरपेक्ष थियो । के अंग्रेजसँगको कालापानीको लडाइँमा नेपाल हिन्दूराष्ट्र थियो र ? के तिब्बतसँगको लडाइँमा नेपाल हिन्दूराष्ट्र थियो र ? 

बरु हिन्दूराष्ट्र घोषणा पश्चात नेपालीहरूको राष्ट्रिय एकता खस्किँदै गएको थियो । धर्म र जातको आधारमा ठूलाठूला खाडलहरू देखिन थालेका थिए र फलस्वरूप नेपालमा कहिल्यै राजनीतिक स्थिरता पनि भएन, शान्ति पनि छाएन, विकास पनि भएन । किनकि जनतामाथि धर्मको आधारमा, उसले बोल्ने भाषा र मान्ने संस्कृतिका आधारमा विभेद हुँदै आएको थियो । हाम्रो पछौटेपनमा धर्मको पनि ठूलो भूमिका छ तर त्यो धर्मको नाम म भन्दिनँ । 

धार्मिक राज्यहरूमा हुन्छ, धार्मिक सुप्रिमेसी भनेको त्यही हो । फलतः आफ्नो धर्म संस्कृति मान्नेबाहेक अरुलाई अस्वीकार गरिन्छ । तिनीहरूको राष्ट्रप्रेम, बौद्धिकता र पवित्रतामाथि शंका गरिन्छ । यही परम्पराकै कारण नेपालका आदिवासी, जनजाति, दलित र उत्पीडित समुदायलाई तत्कालीन विभेदकारी केन्द्रीकृत राज्य व्यवस्थाले बहिष्करणमा पार्दै आएको हो । माओवादी जन्मिनु र युद्ध हुनुको प्रमुख कारण पनि त्यही नै थियो । 

राजा महेन्द्रको धार्मिक राज्यको बढवाका कारण सामाजिक सद्भावहरू भत्किँदै गएको, जातीय असमानताहरू देखा पर्दै गएको, विभेद र अन्याय अत्याचारका घटनाहरू बढ्दै गएको तथ्यांकले देखाउँछ । राज्यले धर्मलाई संविधानकै रूपमा ग्रहण गरेपछि मिलेर बसेका नेपालीहरू क्रमशः फुट्न थालेको देखिन्छ ।

हिन्दूराष्ट्र घोषणा नगरेको भए जातजाति र फरक धर्म संस्कृति मान्नेहरूमाथि विभेद हुँदैन्थ्यो र मलाई लाग्छ राजतन्त्रको अन्त्य पनि हुँदैन्थ्यो । 

बीपीको मेलमिलापको नीतिबारे मिश्रजीले भ्रमपूर्ण भाषण गर्नुभयो । राजाले त्यति दुःख दिएर पनि, देशै निकाला गरेर पनि बीपी फेरि मेलपिलाप गर्न नेपाल फर्किए, त्यसैले राजा महान् थिए भन्न खोजेका होलान् तर बीपीलाई अपमान गरेपश्चात नै राजाको श्रीपेच हल्लिन थालिसकेको थियो । त्यतिखेर जनमत संग्रह गरेको भए सायद वीरेन्द्र राजा हुन पाउँदैनथे ।

मिश्रजीले टाउकाको मूल्य तोकेको, आफ्नै कार्यकर्ताको हत्याराहरूसँग कांग्रेस मिल्न हुने तर म राप्रपासँग मिल्न किन नहुने जस्तो तर्क गरेर आफूलाई सहानुभूति त दिलाए तर यस्ता सतही तर्कको कुनै राजनीतिक मूल्य भेटिँदैन । 
 
कांग्रेस र माओवादी मिलेर अग्रगामी संविधानको रक्षा गरेको हो । किनकि संविधान कांग्रेस र माओवादीको होइन, नेपालको हो । नेपालको संविधान रक्षा गर्न सबै नेपाली मिल्नुपर्छ । प्रजातन्त्र, लोकतन्त्र र जनताको शासनका लागि आन्दोलन गर्दा राजतन्त्रले पनि धेरै मान्छे मारेको थियो । राजतन्त्रको हली पञ्चायतले हजारौं मान्छे मार्‍यो । रोल्पा रुकुमका मगरलाई त देख्नै नहुने, गोली हानी हाल्ने । त्यतिखेर मरेका मान्छेको गणना गर्ने चलन नभएर हो तर २० हजारभन्दा धेरै मान्छे पञ्चायतले मारेको छ । 
 
मिश्रजीले टाउकाको मूल्य तोकिएका र तोक्नेहरू कसरी मिल्न सकेका भन्न भ्याएका छन् तर उनले बुझ्नुपर्छ, पार्टी एकता र कार्यगत एकता एउटै होइन । भोलिका दिनमा मिश्रजीलाई पनि राप्रपाकै जस्तो विचार बोकेको एमालेसँग गठबन्धन गरेर चुनाव लड्नुपर्ने हुनसक्छ । बेलाबेला केपी ओलीको प्रशंसा गरेर लेख्न पछि नपर्ने मिश्रजीलाई राजापछि सबैभन्दा मन पर्ने मान्छे केपी ओली हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । पोहोर केपी ओलीले तारन्तार संसद विघटन गर्दा मिश्रजी सपनामा पनि हाँसेका थिए रे ! त्यतिखेर अन्य राजावादीहरूले पनि सिरुपाते यूट्युबमा चिच्याएर केपी ओलीलाई विश्वकै महान् नेताको रूपमा चित्रण गरेका थिए । 

मिश्रजीलाई हिन्दू धर्म मान्न छुट छ तर राज्यलाई नै हिन्दूकरण गर्छु भन्ने छुट छैन र बाइबल होस् वा जेसुकै होस्, कुनै पनि धार्मिक ग्रन्थको अपमान गर्ने छुट उनलाई छैन । हो, धर्म प्रचारलाई रोक्नु पर्दछ तर कुनै अमुक धर्मको डर देखाएर, कुनै अमुक धर्मलाई लान्छना लगाएर राष्ट्र बलियो हुन्छ भन्ने कुरा उनले नचिताए पनि हुन्छ । राम्रो काम नगरे भगवान् पशुपतिनाथले राजाको पनि कल्याण गर्दैनन् । तथ्य हामीसँगै छन् । मानव जातिका अनेक प्रकारका भगवानलाई अपमान गर्ने मिश्रजी को हुन् ? 

चामलको बोरामा आए पनि, आइफोनको प्याकेटमा आए पनि, बीबीसीको कार्गोमा आए पनि बाइबल आएको हो भने त्यसलाई सुनियोजित व्यापार हुनबाट रोक्न हामीसँग पर्याप्त कानून छन् ।

जबरजस्ती र प्रलोभन देखाएर धर्म परिवर्तन गर्ने, गराउने कयौंलाई कारबाही भइराखेका पनि छन् । बाइबल बाँड्नेलाई मात्रै किन ? मन्दिरमा विभेद गर्नेलाई पनि कारबाही भइरहेका छन् तर आजको आधुनिक वैज्ञानिक कालखण्डमा कुनै अमुक धर्मको डर देखाएर देशको स्वाभिमान रहेन भन्न पाइन्छ ? 

होला नेपालमा बहुसंख्यक हिन्दू छन्, यसको मतलब यो होइन कि नेपालमा हिन्दू धर्मको राज छ । नेपालमा संविधानको राज छ र कुनै पनि देश संविधानअनुसार चलेको हुन्छ । धार्मिक संस्कार र मान्यता पछ्याउन धार्मिक राष्ट्र नै हुनुपर्छ भन्ने छैन । के धर्म निरपेक्ष नेपाल भएका कारण नेपाली सेनाले दशैंमा गोर्खाबाट फूलपाती भित्र्याउन छाडेको छ र ? के नेपाल प्रहरीले ब्यारेकभित्र मन्दिर बनाएको छैन र ? के राष्ट्र सेवक कर्मचारीले शिवजीको आराधना गर्दैनन् र ? के नेपाल वायु सेवा निगमले नयाँ विमान खरिद गर्दा नरिवल फुटाउँदैन र ? 

२०४७ सालमा धर्मनिरपेक्षताको आन्दोलन गर्दा काठमाडौं उपत्यकामा १ लाख मान्छेको लहर उर्लिएको थियो भन्ने सुनिन्छ तर ०६२/०६३ को जनआन्दोलनमा मिश्रजीले धर्मनिरपेक्षताको मुद्दा नै उठेको थिएन भन्ने गरेका छन् । कतैबाट घुसाइएको हो भनेका छन् तर धर्मनिरपेक्षता भनेको परोपकारी राज्यको एउटा अंश हो । कसैले घुसाउनु पर्दैन, सुसंस्कृत राज्यमा यो आफैं घुस्छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक देशमा त झन् सजिलै घुस्छ । 

मिश्रजीले राजतन्त्र रहेका कैयौं देशको उदाहरण दिएका छन् तर थाइल्याण्डको बिर्सिन्छन् । हो, थाइल्याण्डमा राजतन्त्र छ, प्रजातन्त्र पनि छ, राजाको धर्म पनि छ तर उनीहरूको संविधानमा धर्मनिरपेक्षता छ ।
 
धार्मिक राज्य अरबमा छ । देश धनी भएर के गर्ने जनताको अधिकार शून्य छ । मन लागेको बोल्न, लेख्न पाउँदैनन् । हिजो साउदीका राजाले आफ्नै भाइलाई प्रधानमन्त्री बनाए । त्यो राम्रो हो र ? धार्मिक कानूनले महिलाहरूलाई अझै पनि जनावर बराबरको व्यवहार गर्छ । आज इरानमा भइरहेको आन्दोलन के हो त ?

संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा मिश्रजीले फेरि पनि दोहोर्‍याउनुभयो । जातजातिले अधिकार पाएको,  मागेको कुरामा पनि असन्तोष प्रकट गर्नुभयो तर संघीयता भनेको थेग्न सकिने र नसकिने कुरा होइन । देशलाई नाम्लोले बाँधेर कसैले बोक्नु पर्दैन । यो आफैं हिँड्छ । नेपाल भन्ने देश र यो भूमि कसैले थेग्न सक्ने र नसक्नेको विषय होइन । विषय देशलाई कसरी जोड्ने, जनतालाई, भूगोललाई र तिनको पहिचानको सवाललाई कसरी राष्ट्रिय एकतामा ल्याउने भन्ने हो । जनजाति तथा उत्पीडित वर्ग समुदायलाई अधिकार नदिए फेरि अस्थिरता मच्चिन पनि त सक्छ ।

राज्यको धर्म भयो भने राष्ट्रिय एकता हुन्छ भन्ने मिश्रजीलाई लागेको होला तर भारतले आफूलाई हिन्दूराष्ट्र घोषणा गरेको भए आज भारतमा सय वटा पाकिस्तान जन्मिसकेका हुने थिए । संघीयताको कुरा पनि यही हो । भाषणमा उनले संघीयताका कारण देश टुक्रिने चिन्ता प्रकट गरेका छन् । युरोप र अफ्रिकाको उदाहरण दिएका छन् तर टुक्राटुक्रा बन्न सक्ने भारत संघीयताकै कारण जोगिएको हो, एकीकृत भएको हो । जनताले अधिकार नपाएपछि आत्मनिर्णयको अधिकार माग्छ नै, मिश्रजीले नमाग भनेर हुन्छ त ! 

स्वाभिमान भन्ने कुरा कुनै धर्ममा हुँदैन र कुनै कूल खानदानमा वंशमा जन्मिएका कारण त्यो सदैव स्वाभिमानको ठेकेदार हुने पनि हुँदैन । ल मानौं कि यो पंक्तिकार धर्म नै मान्दैन, उस्तै परे दशैंको टीका पनि लगाउँदैन (लगाउन त सेतो टीका लगाउँछु) । देउता नि मान्दैन, के एकबारको जुनीमा यो मान्छेको स्वाभिमान हुँदैन त ? यो मान्छे मरेतुल्य नै हो त ? यो मान्छेको देश नै हुँदैन त ? त्यस्तो त होइन होला । बरु स्वाभिमानका पगरी गुथेका राजाहरूकै पालामा आधा नेपालको भूभाग गुमेको थियो । जति जोगिएको छ, त्यो राजाले जोगाएको होइन, जनताले जोगाएको हो । दरबार जोगाउन नसक्ने राजाले देश जोगाउन कसरी सक्थ्यो र ? 

संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा मिश्रजीले फेरि पनि दोहोर्‍याउनुभयो । जातजातिले अधिकार पाएको,  मागेको कुरामा पनि असन्तोष प्रकट गर्नुभयो तर संघीयता भनेको थेग्न सकिने र नसकिने कुरा होइन । देशलाई नाम्लोले बाँधेर कसैले बोक्नु पर्दैन । यो आफैं हिँड्छ । नेपाल भन्ने देश र यो भूमि कसैले थेग्न सक्ने र नसक्नेको विषय होइन । विषय देशलाई कसरी जोड्ने, जनतालाई, भूगोललाई र तिनको पहिचानको सवाललाई कसरी राष्ट्रिय एकतामा ल्याउने भन्ने हो । जनजाति तथा उत्पीडित वर्ग समुदायलाई अधिकार नदिए फेरि अस्थिरता मच्चिन पनि त सक्छ ।

गणतन्त्र आएपछि भ्रष्टचार बढेको कुरामा मिश्रजीले चिन्ता प्रकट गरेका छन् तर राजाको पालामा १० दिन हिँडेर नून बोक्न जाने पिता पुर्खाका बेदना बिर्सिएका छन् । पञ्चायतकालमा भोकमरीले कति मान्छे मरे ? कन्दमूल खाएर बाँच्नु परेका कारण झाडापखाला, कुपोषण लागेर कति मरे ? जनतालाई ढाक्रे, हुक्के, चिलिमे, छाते, सुसारे भन्दा माथि जानै दिएनन् । ‘प्रजा पुकारौँ जय प्रेमले’ भन्यो औँला चुस्यो, सुत्यो । त्यतिखेर पनि कर त उठिरहेकै थियो । न बाटोघाटो, न स्कूल, न अस्पताल । त्यो पैसा कता गएको थियो ? 

एकताका मिश्रजीले भ्रष्टाचारीलाई किरा परोस् भनेर माओवादीले जस्तै क्रान्तिकारी कुरा गरेका थिए । आफ्नै अनुहार देखिने टी–सर्ट पनि छपाएका थिए तर दुःखको कुरा न कसैलाई खान पुग्यो, न दिन नै पुग्यो । संघीयतामा राज्यको ढुकुटी खर्च भएकोमा चिन्ता नगरौं, बरु सबैलाई खान पुगेको छ भनौं । किनकि कर्मचारीले तलब खाँदा राज्यको ढुकुटी त सक्किहाल्छ नि ! मिश्रजीले पनि बीबीसीमा बोल्दा महिनाको ७ लाख खानुहुन्थ्यो अरे त !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x