०७ असार २०८३, आइतबार

मूल्यवृद्वि १२ वर्षयताकै कम

कात्तिक २०, २०७४
मूल्यवृद्वि १२ वर्षयताकै कम
काठमाडौं, २० साउन- आर्थिक वर्ष २०७३/०७४ मा पाँच प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको छ । यो मूल्य वृद्धि १२ वर्ष यताकै कम हो । सरकारले गत वर्ष मूल्य वृद्धि ७.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा निकै कम ४.६ प्रतिशतको हाराहारीमा मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ ।Nepal-Rastra-Bank
‘गत वर्षको मूल्य वृद्धि पाँच प्रतिशतभन्दा तल झरेको छ', राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘११ महिनाको मूल्य वृद्धि ४.६ प्रतिशत छ, वर्षभरिकै मूल्य वृद्धिको अंकमा पनि खासै अन्तर नआउने देखिन्छ ।' यसअघि आव २०६१/६२ मा मूल्य वृद्धि ४.५ प्रतिशत थियो । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, मधेस आन्दोलन लगायतले आपूर्ति ठप्प भइदिँदा अघिल्लो वर्ष २०७२/७३ मा मूल्य वृद्धि ९.९ प्रतिशत पुग्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्