०८ असार २०८३, सोमबार

२५ वर्षअघि नक्क्ली नागरिकता लिएरै परिवारकै नागरिकता बनाए यीनले

कात्तिक २०, २०७४
२५ वर्षअघि नक्क्ली नागरिकता लिएरै परिवारकै नागरिकता बनाए यीनले
नवलपरासी, २० साउन- एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका छन् ।nagarikta

साबिकको रुपौलिया गाविस–३ (सुस्ता गाउँपालिका–१) का महुजर चौधरीले आफ्ना कान्छा छोरा भनी दिएको झूटो विवरणका आधारमा ती भारतीयले रत्तनेशप्रसाद चौधरीका नामबाट २०४९ भदौ २३ गते नागरिकता लिएका हुन् । यसमा जिल्ला प्रशासनका तत्कालीन कर्मचारीको समेत संलग्नता देखिन्छ । ११५०८ नम्बरको उक्त नागरिकतामा वाहकको जन्ममिति २०२३ साउन ५ गते उल्लेख छ ।


महुजरका ३ छोरा मात्र छन्, लालगोपाल, प्रेमलाल र हरिनारायण । रत्तनेशले महुजरलाई केही नगद दिएर नक्कली विवरण बनाउन लगाएका थिए । उनी भारत विहार राज्यको सोहरिया ग्राम पञ्चायत सन्तपुरका बासिन्दा हुन् । रत्तनेशका वास्तविक बाबुको नाम गंगाराम चौधरी हो । गंगारामका जेठा छोरा रामरतनले नै नेपालमा रत्तनेश नामबाट नागरिकता लिएका हुन् । उनले आफ्ना बहिनी, ४ सन्तान र केही दाजुभाइको समेत जिल्ला प्रशासनबाट नागरिकता बनाइसकेका छन् ।

नागरिकता लिन रत्तनेशले स्थानीय आदर्श मावि खोखरपुरामा २०४१ सालमा कक्षा ८ पास गरेको भनी कागजात पेस गरेका थिए । जब कि उक्त विद्यालयले २०४५ सालबाट कक्षा ८ सञ्चालन गरेको हो । विद्यालयको लेटरप्याडमै सिफारिश गरिएको कागजात नक्कली पुष्टि भएको छ, आजको कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्