
भातरको हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुको कपाल काटिएको प्रकरणले हंगामा भएको छ ।
महिलाहरुले आफूहरु बेहोसी अवस्थामा रहेको बेलामा कसैले कपाल काटेर छोड्ने गरेको बताए । यस्तो रहस्यमय घटनामा बृद्धि भएसँगै प्रहरीसमेत तनावमा परेको छ ।
दिल्लीको छावला गाउँबाट शुरु भएको कपाल काट्नुको रहस्यको गुत्थी अझै खुल्न सकेको छैन । दिल्लीको गुडगाउ, समूचा, एनसीआर, राजस्थान, मध्य प्रदेश तथा अब यूपीमा पनि यस्तै हर्कत भएको छ । तर, अहिलेसम्म कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । प्रहरी यो समस्याबाट हैरान भएको छ ।

प्रहरीले घरको कुनै सद्यस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । प्रहरीले महिला आफैले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुन सक्ने अनुमान गरिएपनि त्यसको पुष्टि हुन सकेको छैन ।
अहिलसम्म कपाल काट्ने मामला अगाडि आएका छन त्यसमा सवै विषय समान रहेका छन् । सवै महिलाको कपाल घर भित्रै काटिएको पाइएको छ ।
पीडितले भने कुनै दैवी शक्ति या शैतानी शक्तिले यस्तो हर्कत गरेको हुनसक्छ ।
कपाल काटिएको पछिल्लो घटना मायापुरीको नांगलराया क्षेत्रको हो । जहाँ एक परिवारका तीन बच्चाको कपाल काटिएको समाचार सार्वजनिक भएको छ ।

कपाल काटिएको घटनाका पिडितहरु अझै पनि आतंकीत छन् र तिनका परिवारजनले तिनीहरुलाई एक्लै नछाडी साथ दिइरहेका छन्।
त्यस्तो घटनाको उजुरी आएको गुडगावं क्षेत्रका प्रहरी प्रवक्ता रविन्दर कुमार भन्छन्, “प्रहरीले त्यस्ता घटनाहरुका सम्बन्धमा छानविन थालेको छ। यि अनौठा घटनाहरु हुन् ।
“घटनास्थलमा कुनै सुराग मिलेको छैन, पीडीतहरुको चिकित्सा परिक्षण गर्दा पनि कुनै असामान्य नतिजा देखिएको छैन।
पीडितहरु लगायत कसैले पनि ति आक्रमणकारीहरुलाई राम्ररी देखेको भनेर बताउन सकेका छैनन् ।