०२ असार २०८३, मंगलबार

राष्ट्रपति भण्डारीले गरिन् उपत्यकाका विभिन्न शक्तिपीठकाे दर्शन [फाेटाेसहित]

राष्ट्रपति भण्डारीले  गरिन् उपत्यकाका विभिन्न शक्तिपीठकाे दर्शन [फाेटाेसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार महत्वपूर्ण शक्तिपीठहरूको दर्शन गरेकी छन् । सोमवार उनले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेकी हुन् । 

दशैंको अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । बडादशैंको आठौँ दिन सोमवार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजा-अर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो । 

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि सोमवार महागौरी भगवतीको पूजा-अर्चना गरेर महा अष्टमी पर्व मनाइएको छ । यसअघि सोमवार बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा-आजा गरेकी थिइन् । 

 

 

salt training

कमेन्ट गर्नुहोस्