३० असार २०८३, मंगलबार
गठबन्धनमा सकस

बालुवाटारमा गठबन्धन बैठक निरन्तर, सिट बाँडफाँटको सहमतिमा हस्ताक्षर गरेर मात्रै उठ्ने

बालुवाटारमा गठबन्धन बैठक निरन्तर, सिट बाँडफाँटको सहमतिमा हस्ताक्षर गरेर मात्रै उठ्ने

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (सोमवार) बिहानैदेखि गठबन्धनका नेताहरू सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । नेताहरूले आजै बाँडफाँट टुंगो लगाएर सहमति पत्रमा हस्ताक्षर गर्ने  तयारी गरेको गठबन्धनमा रहेका दलमध्येका एक शीर्ष नेताले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि बैठक बसेको भए पनि दिउँसो केहीबेर नेताहरू खाना खानका लागि छुट्टिएका थिए । त्यसपछि, दिउँसो करिब साढे १ बजे जुटेका नेताहरूले छलफल जारी राखेका छन् । 

‘सिट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ’, ती नेताले भने । 

गठबन्धनमा सिट बाँडफाँटको सहमतिको प्रारम्भिक खाका तयार भएपनि केही क्षेत्रमा रहेको दोहोरो दाबीमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बताएको छ ।  सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र रहेका दलका असन्तुष्टिलाई पनि सकेसम्म सम्बोधन गर्ने प्रयास भइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

सिट बाँडफाँटमा असन्तुष्ट रहेर गठबन्धनबाट बाहिरिने बताएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि बिहानैदेखि बालुवाटार बैठकमा सहभागी छन् ।

नेताहरूले यसअघि मोटा–मोटी रूपमा मिलाएको सिट बाँडफाँटको संख्यामा पनि पछिल्लो छलफलबाट सामान्य हेरफेर भएको बताइएको छ । 

आइतवार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउने प्रयास गरेका थिए ।

नेताहरूले फकाएपछि यादव गठबन्धनको बैठकमा सहभागी भएका छन् । 

असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन गर्नुपर्ने निर्वाचन तालिका छ । 

गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाएर दलहरूले आ–आफ्नो दलको उम्मेदवार पनि छान्नुपर्ने छ । त्यसकारण पनि आज ढिलो गरी भए पनि सिट बाँडफाँट टुंगो लगाउने गठबन्धनका नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्