
अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनको अन्त्यपछि सन्यास लिने घोषणा गरेको मियामीले जनाएको छ ।
अर्जेन्टिनाका हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।
३४ वर्षीय हिगुईनले चार सिजन युभेन्ट्समा बिताएर मियामी आएका थिए ।