
इक्वेडरको मध्य इक्वेडर शहर लाटाकुंगामा रहेको एक जेल दंगामा परी सोमवार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
कैदीहरूको समूहबीच भएको भिडन्तपछि १५ शवहरू फेला परेका अधिकारीहरूले ट्वीट गरेको बताइएको छ ।
लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरूमध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएकामध्ये एक रहेका जनाइएको छ ।
दंगाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
सन् २०२१ कारागार हिंसामा परी ३०० भन्दा बढी कैदीहरू मारिएका थिए । सन् २०२२ मा पनि यो स्थिति जारी रहेको बताइएको छ ।
सरकारले कारागार नियन्त्रणका लागि लागूऔषध कारोबारी समूहबीचको झडपका कारण बारम्बार कारागारमा भएको दंगालाई जिम्मेवार ठहर गर्दै लागूऔषध माफियाविरुद्ध लड्ने घोषणा गरेको छ ।