कात्तिक १४, २०८०
ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...
इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्वीटर, रेडिट, लिन्किड लगायतका सामाजिक सञ्जाल आज विश्वका धेरैजसो व्यक्तिहरूले प्रयोग गरिरहेका छन् । जसका कारण उनीहरू तनाव, चिन्ता र डिप्रेसनजस्ता मानसिक रोगको शिकार भइरहेका छन् । यी रोगहरूबाट बच्न स्वास्थ्य विशेषज्ञहरूले ‘डिजिटल डिटक्स’को अवधारणाको खोजी गरिरहेका छन् ।
हालै बेलायतको बाथ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले एक अनुसन्धानमा सामाजिक सञ्जालबाट एक हप्ता टाढा बस्दा मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्ने बताएका छन् । अर्थात्, यदि तपाई डिप्रेसन र एन्जाइटीका लक्षणहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने, त्यसलाई एक हप्तामा कम गर्न सकिन्छ ।
डिजिटल डिटक्स के हो?
विज्ञहरूका अनुसार मानिस जसरी रक्सी र चुरोटको लतमा फसेका छन्, त्यसरी नै भर्चुअल संसारमा बाँच्ने बानी परेको छ । उनीहरूले चाहेर पनि यसबाट बाहिर निस्कन सक्दैनन् । यस्तो अवस्थामा आफूलाई प्रविधिको जालबाट टाढा राख्न केही समय डिजिटल बिदामा जानुलाई ‘डिजिटल डिटक्स’ भनिन्छ ।
त्यस्ता अनुसन्धानकर्ताहरूले यस अनुसन्धानमा १८ देखि ७२ वर्ष उमेर समूहका १५४ जनालाई समावेश गरेका थिए । उनीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइए पनि दोस्रो समूहले भने सामाजिक सञ्जालको प्रयोगलाई निरन्तरता दिएको छ । सहभागीहरूले सामाजिक सञ्जाल एपहरू खेल्न हप्तामा औसत ८ घण्टा बिताए ।
एक हप्ताको अनुसन्धानपछि सहभागीहरूको ३ वटा परिक्षण गरिएको थियो । यसमा डिप्रेसन र एन्जाइटीसँग सम्बन्धित प्रश्नहरू थिए । परिणामहरूले वारविक–एडिनबर्ग मानसिक कल्याण स्केलमा एक हप्ताको विश्राम लिने समूहको स्वास्थ्य ४६ बाट ५५.९४ मा बढेको फेला पा¥यो । साथै, बिरामी स्वास्थ्य प्रश्नावली–८ मा उनीहरूको डिप्रेसन स्तर ७.४६ बाट ४.८४ मा आयो । यस मापनमा, चिन्ता ६.९२ बाट ५.९४ मा घट्यो ।
सामाजिक सञ्जालबाट छोटो ब्रेकले पनि मद्दत
अनुसन्धानकर्ता जेफ ल्याम्बर्ट भन्छन् कि केवल एक हप्तामा, पहिलो समूहका मानिसहरूमा राम्रो मुड र कम चिन्ता लक्षणहरू थिए । यसको मतलब सामाजिक सञ्जालबाट सानो ब्रेकले पनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।
डेली मेलको रिपोर्ट अनुसार बेलायतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २०११ मा ४५ प्रतिशतबाट बढेर २०२१ मा ७१ प्रतिशतमा पुगेको छ । साथै, १६ देखि ४४ वर्ष उमेर समूहका ९७ प्रतिशत व्यक्तिहरूले सामाजिक सञ्जाल एपहरू प्रयोग गर्छन् । प्रयोगकर्ताहरूको सबैभन्दा सामान्य गतिविधि एपहरूमा सामग्री ‘स्क्रोल’ गर्नु हो । यस्तै केही अध्ययन अमेरिका र बेलायतमा पनि भइसकेका छन् ।
ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...
नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...