१५ असार २०८३, सोमबार
बडा दशैं

राष्ट्रपति भण्डारीले लगाइन् गुरूहरूको हातबाट टीका [तस्वीरहरू]

राष्ट्रपति भण्डारीले लगाइन् गुरूहरूको हातबाट टीका [तस्वीरहरू]
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् ।

बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गरिन् ।  

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछिन्।    

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।   

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार  विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्