१४ असार २०८३, आइतबार

सरकारी जागिरको सूचना शुक्रवार मात्रै प्रकाशन हुने

कात्तिक २०, २०७४
सरकारी जागिरको सूचना शुक्रवार मात्रै प्रकाशन हुने

काठमाडौं, २० साउन - लोक सेवा आयोगले सुरक्षा निकाय र संगठित संस्थाहरुलाई पदपूर्तिका लागि आवश्यक पर्ने सूचना शुक्रवार मात्रै राष्ट्रिय दैनिकमा प्रकाशित गर्न निर्देशन दिएको छ । सुरक्षा निकाय तथा सङ्गठित संस्थाहरूको पदपूर्तिलाई व्यवस्थित र पूर्वअनुमानयोग्य बनाएको हो ।

आयोगका सचिव मधुप्रसाद रेग्मीले सङ्गठित संस्थाहरूको पदपूर्ति पूर्वअनुमानयोग्य होस भन्ने हिसावले यस्तो निर्देशन दिइएको बताए । लोकसेवाले निजामति कर्मचारीका लागि आवश्यक सुचना चाहिँ हरेक बुधवार मात्रै प्रकाशन गर्ने गरेको छ ।

यसबाट सम्बन्धित संस्थालाई पनि समयमै आवश्यक जनशक्ति प्राप्ति हुने उनले बताए । त्यस्ता संस्थाहरूले भदौमा विज्ञापन निकाल्नु छ भने साउनमै पद रिक्त भयो भनेर आयोगसँग सहमति माग्नुपर्ने व्यवस्था रहेको छ ।

दैनिक पत्रिकामा छापिने विज्ञानपनलाई आयोगको वेबसाइटमा समेत राख्ने व्यवस्था आयोगले मिलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्