०४ साउन २०८३, सोमबार

राप्ती नदीले नाघ्यो खतरा तह, सजगता अपनाउन बाँके प्रशासनको सुझाव

राप्ती नदीले नाघ्यो खतरा तह, सजगता अपनाउन बाँके प्रशासनको सुझाव

राप्ती नदीमा बाढीले खतरा तह पार गरेको छ । बुधवार साँझ जिल्ला प्रशासन कार्यालय बाँकले राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।  

अविरल वर्षाका कारण बाँकेस्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जल सतहले बुधवार साँझ साढे ५ बजे ६ः४५ मिटर खतरा तह पार गरेको बाँके प्रशासनले जनाएको छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुग्दा खतरा मानिन्छ । नदीमा जलस्तर बढ्दो क्रममा रहेको बाँके प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रशासनले जारी गरेको विज्ञप्तिमा नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि आग्रह गरिएको छ । 

 

कमेन्ट गर्नुहोस्