
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज छुट्टै भेला बोलाएको छ ।
डा. शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।
आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिनेछ ।
यस्तै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने समेत आजको भेलाको एजेण्डा रहेको एक नेताले जानकारी दिए ।