२२ असार २०८३, सोमबार

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३६ यात्रु घाइते

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३६ यात्रु घाइते
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।  

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिए ।

दुर्घटनास्थलमा १० तथा २ जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ । – कृष्णराम परियार/रासस

salt training

कमेन्ट गर्नुहोस्